लिग वानमा जम्न नसकेका मेस्सी

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी यही सिजन स्पेनिस क्लब बार्सिलोबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका थिए । 

फ्रेन्च लिग वानकाे साबिक विजेता लिलीविरुद्ध पिएसजीले लियोनल मेस्सी, एन्जल डि मारिया र नेयमारलाई अग्रपङ्तिमा उतारेको भए पनि मेस्सीले कुनै जादु देखाउन सकेनन् । 

पार्क डेस प्रिन्सेसमा शुक्रबार मार्किन्हस र एन्जल डि मारियाले दोस्रो हाफमा गोल गरेपछि पिएसजीले २-१ को पुनरागमन जित निकाल्न सफल भयो ।

मांसपेशीको समस्याका कारण प्रशिक्षक मौरिसियो पोचेटिनोले मेस्सीलाई दोस्रो हाफको सुरुमै मैदानबाट बाहिर पठाउँदै मोउरो इकाडीलाई भित्र्याए त्यतिबेलासम्म घरेलु टोली पिएसजी १-० ले पछि परेको थियो ।

मेस्सीलाई पहिलोपटक प्रतिस्थापन गरिएको भने होइन । प्रशिक्षक पोचेटिनोले यसअघि घुँडाको समस्याका कारण लियोनविरुद्धको खेलमा पनि उनलाई प्रतिस्थापन गरेका थिए । 

मेस्सीले लिग वानमा पिएसजीका लागि ५ खेल खेल्दा न त गोल गर्न सकेका छन्, न त अवसर सिर्जना गर्न । च्याम्पियन्स लिगमा भने उनले ३ खेलमा ३ गोल गर्न सफल भएका छन् ।



पिएसजीमा मेस्सीको प्रदर्शन सोचअनुरूप हुन नसके पनि टोलीले लिग वानमा एक खेलमा मात्रै हार बेहोरेको छ । 

पिएसजी १२ खेलबाट १० जित, समान एक बराबरी र हारको नतिजाका साथ ३१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।



स्पेनिस ला लिगा इतिहासमा सर्वाधिक गोल तथा गोलका लागि अवसर सिर्जना गर्ने खेलाडी हुन्- मेस्सी

मेस्सीले ला लिगामा ५२० खेल खेल्दा ४७४ गोल गर्नुका साथै १६९ गोलका लागि अवसर सिर्जना गरेका थिए । उनी लिगमा पछिल्ला ४ सिजनका उत्कृष्ट गोलकर्ता हुन् ।

बार्सिलोना छाडेर पेरिस आएका मेस्सी कहिले आफ्नो लयमा फर्केलान् त्यो त समयले नै बताउला । तर, यो सिजनको सुरुवाती क्षणलाई हेर्ने हो भने यो भन्न सकिन्छ कि उनी लिग वानमा जम्न सकेका छैनन् ।

बार्सिलोनामा जस्तै मेस्सी र नेयमारको जोडीले पिएसजीका लागि पनि उत्कृष्ट प्रदर्शन गर्ने दर्शकको अपेक्षा हालसम्म पूरा हुन पाएको छैन ।   
 

  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार १४:८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया