भालाडोलिडविरुद्ध मड्रिडको जित

एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा शनिबार राति भएको खेलमा रियल मड्रिडले जित निकालेको छ । लगातार खराब प्रदर्शन गरिरहेको मड्रिडलाई यो जितसँगै केही राहत मिलेको छ । 

शनिबार राति भएको खेलमा मड्रिडले भालाडोलिडलाई २–० ले पराजित गरेको छ । मड्रिडका लागि सर्जियो रामोस र ओलिभइरा जुनियरले दोस्रो हाफमा गोल गरेका हुन् । 

घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा मड्रिडले खासै राम्रो गर्न सकेन । तर दोस्रो हाफमा लयमा फर्किएको मड्रिड जित निकाल्न सफल भएको हो । मड्रिडले दुवै गोल खेलका अन्तिम १० मिनेटमा गरेको हो । 

लगातार खराब प्रदर्शन गरेपछि रियल मड्रिडले प्रशिक्षक जुलेन लुपेटेगुईलाई बर्खास्त गरेको थियो । रियलले सान्टियागो सोलारीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७५ आइतबार १०:२३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया