२५ जनाको निःशुल्क प्लास्टिक सर्जरी

रुकुम– रुकुम पश्चिमको चौरजहारीमा सञ्चालित तीनदिने निःशुल्क प्लास्टिक सर्जरी शिविरमा २५ जनाकोे सफल शल्यक्रिया गरिएको छ । जन्मजात ओठ तथा तालु फाटेका र आगोले पोलेर शरीरको एक भाग अर्को भागसँग जोडिएर शरीर संकुचन भएका व्यक्तिको सफल शल्यक्रिया गरिएको हो । 

शिविरमा रुकुम, सल्यान र जाजरकोट जिल्लाबाट आएका ४१ मध्ये २५ जनाको सफल शल्यक्रिया गरिएको शिविरका संयोजक बद्री रायमाझीले जानकारी दिए । उनका अनुसार भौगोलिक विकटता र आर्थिक रूपले जिल्लाबाहिर गएर उपचार गर्न नसक्ने व्यक्तिलाई लक्षित गरी निःशुल्क सेवा प्रदान गरिएको बताइएको छ । 

शिविरमा प्लास्टिक सर्जरी गर्न सम्भव भएका व्यक्तिको मात्र सफल शल्यक्रिया गरिएको जनाइएको छ । चौरजहारी नगरपालिकाको आर्थिक सहयोग तथा कल्याणकारी अपांग सेवा संघ सल्यान र स्थानीय सिबिआरको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरको प्राविधिक सहयोग कीर्तिपुर अस्पताल काठमाडौंले गरेको थियो । 

शनिबार शिविर समापनमा बोल्दै चौरजहारी नगरपालिकाका नगरप्रमुख विशाल शर्माले निःशुल्क प्लास्टिक सर्जरी शिविरले यस क्षेत्रका नागरिकलाई सहयोग पुगेको बताए । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७५ आइतबार १३:११:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया