नेपाली टोपी र खादा लगाइदिएर अल्मुताइरीलाई सरकारले गर्‍यो सम्मान

सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा आयोजित समारोहमा उनलाई नेपाली टोपी र खादा लगाएर सम्मान गरेका हुन् ।

आल्मुताइरीको मुख्य प्रशिक्षणमा माल्दिभ्समा असोज १५ देखि ३० गतेसम्म भएको साफ फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । नेपाललाई पहिलोपटक साफ फुटबल च्याम्पियनसिपमा उपविजेतासम्म पुर्याउन उल्लेखनीय योगदान गरेबापत उनलाई युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको हो ।

सो प्रतियोगितामा नेपालसहित, माल्दिभ्स, भारत, श्रीलंका र बंगलादेशले भाग लिएका थिए । नेपाल भारतसँग ३–० ले पराजित भई उपविजेता बनेको थियो । 





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार २१:२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया