दक्षिण भारतीय फिल्मका अभिनेता पुनित कुमारको निधनको खबरले उनका तीनजना शुभचिन्तकको पनि निधन भएको छ । तीनमध्ये दुईको हृदयाघातका कारण मुत्यु भएको हो भने एकले आत्महत्या गरेका हुन् ।
कर्नाटक चामराजनगरका ३० वर्षीय मुनियप्पा, र बेलगाबी जिल्लाका एक फ्यानको हृदयघातका कारण निधन भएको हो । बेलगाबीकै अर्का एक फ्यानले भने आत्महत्या गरेका हुन् ।
४६ वर्षका पुनित कुमारको गत शुक्रबार (२९ अक्टोबर)मा हृदयघातका कारण निधन भएको थियो । उनको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।