कर्णालीका तीन मन्त्रीको पदावधि सकियो

कर्णाली प्रदेश सरकारका तीनजना मन्त्रीको पदावधि सकिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पदावधि सकिएको हो । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिँदा फ्लोरक्रस गरेर मन्त्री भएका तीनै जनाको पदावधि सकिएको हो । 

मुख्यमन्त्री शाहीले विश्वासको मत दिएकै भोलिपल्ट अर्थात् वैशाख ४ मा उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए । मन्त्री भएपछि उनीहरू सांसद पदबाट मुक्त भएका थिए । 

गैर-सांसद मन्त्री हुन नपाउने व्यवस्थाअनुसार ६ महिना पुगेका कारणले उनीहरू आजबाट स्वत पद मुक्त भएका हुन् । 

एमालेले उनीहरूलाई वैशाख १३ गते पदमुक्त गरेको थियो । पदमुक्त भएका थापा, शाही र बुढा नेकपा एकीकृत समाजवादी पार्टीका नेता हुन् ।

उनीहरू मन्त्रीबाट पदमुक्त भएपछि एकीकृत समाजवादीले खाली भएका तीन मन्त्रालय आफूले पाउनुपर्ने अडान राखेको छ । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १५:१५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया