कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।
उनी आजै मुख्यमन्त्रीमा नियुक्त हुने लगभग पक्का छ । प्रदेशसभा सचिवालयले आजै साँझ ८ः३० बजेका लागि मुख्यमन्त्रीको शपथग्रहणको कार्यक्रम तय गरेको छ ।
मन्त्रालय भागबन्डामा दलहरुभित्र मतभेद रहेका कारण शपथग्रहणमा ढिलाइ भइरहेको छ। कांग्रेसले मुख्यमन्त्रीसहित २, माओवादीले ४ र समाजवादीले ३ मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको छ । तर, सांसद संख्याको आधारमा कांग्रसले मुख्यमन्त्रीसहित एक, माओवादीले ४ र समाजवादीले दुई मन्त्रालय पाउनेगरी छलफल भइरहेको एक सांसदले जनाए ।
अहिले गठबन्धनबीच छलफल जारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।