हेटौँडाबाट पनि श्रम स्वीकृतीको व्यवस्था मिलाइने : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले मंगलबार श्रम तथा रोजगार कार्यालय हेटौँडाको अनुगमन गरेका छन् ।
 
अनुगमनपछि मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका लागि हेटौँडाबाटै श्रमस्वीकृति लिने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

‘अब वैदेशिक रोजगारीमा जानेका लागि देशका अरु ठाउँबाट जसरी श्रम स्वीकृति लिने काम हेटौँडाकै कार्यालयबाट गर्ने व्यवस्था मिलाइनेछ ।’ मन्त्री श्रेष्ठले भने, ‘देशका बुटवल, जनकपुर, पोखरा, धनगढीलगायत ठाउँबाट झैँ यहाँबाट पनि अब श्रम स्वीकृतिको व्यवस्था गरिनेछ ।’ 

मन्त्री श्रेष्ठले स्थानीय तहलाई संघीयताको अनुभूति हुनेगरी सहकार्य गर्दै आफ्नो मन्त्रालयले काम गर्ने बताए ।
 
मन्त्री श्रेष्ठले श्रम कार्यालय, हेटौँडाको समस्याबारे जानकारी लिँदै प्रदेशको राजधानीमा पहिलेको पूर्वाधार र कर्मचारी संरचनाले मात्रै नपुग्ने भएकाले यसको विकासका लागि आफूले सकेको गर्ने पनि बताए ।

 ‘कार्यालयको समस्याको बारेमा जानकारी लिन पाइयो । मन्त्रालय अन्तर्गतका काम देखिने गरी गर्छौँ,’ मन्त्री श्रेष्ठले भने, ‘जे बोल्ने हो त्यो गर्ने हो, गर्न सक्ने मात्र बोल्ने हो । ’ 

उनले आफूले गर्न नसक्ने कुरा नबोल्ने बताउँदै अहिले वैदेशिक रोजगार, सामाजिक कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलगायत विभिन्न कार्यक्रमका विषयमा भएका समस्या समाधानका लागि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । 

एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, पार्टी उपाध्यक्ष एवं हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामा, सचिव विष्णुप्रसाद दाहालसहित श्रम तथा रोजगार कार्यालयमा अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले हेटौँडा औद्योगिक क्षेत्र भएकाले श्रमिक तथा रोजगार दाताबीच समस्या समाधानका लागि लागिपर्ने बताए । 



कार्यालय अनुगमनमा मन्त्रालयका सहसचिव सुमन घिमिरे, मन्त्री श्रेष्ठका स्वकीय सचिव कृष्ण सुवेदीलगायतको उपस्थिति थियो । 

मन्त्री श्रेष्ठसहितको टोलीलाई स्वागत गर्दै कार्यालय प्रमुख छन्दनारायण श्रेष्ठले कार्यालयले सम्पादन गरिरहेका काम, समस्या, आगामी योजना लगायतका बारेमा जानकारी गराएका थिए ।



  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार २१:०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया