जीवनबहादुर शाही : जिविस सभापतिदेखि मुख्यमन्त्रीसम्म

कर्णालीका मुख्यमन्त्री बनेका जीवनबहादुर शाही कर्णाली प्रदेशसभामा सदस्यमा नेपाली कांग्रेस पार्टीबाट निर्वाचित हुने एक्लो सदस्य हुन् । एक्लो कर्णाली प्रदेशसभा सदस्यमा हुम्लाबाट निर्वाचित भएका उनी मुख्यमन्त्री बनेका छन् । उनी ०५५ मा नेपाली कांग्रेसका तर्फवाट हुम्लाको जिल्लाविकास समिति सभापति बनेका थिए र

को हुन् जीवनबहादुर शाही ?

२०२१ फागुन २१ मा जन्मिएका शाही आमा स्वर्गीय बेलकली शाही, बुबा स्वर्गीय मानबहादुर शाहीका छोरा हुन् । हुम्लाको खर्पेल गाविस ४ (हाल खार्पुनाथगाउँपालिका)मा जन्मिएका हुन् । 

वसन्तीकुमारी सिंह शाहीसँग विवाह गरेका उनका तीन सन्तान छन् । जसमा २ छोरा र १ छोरी छन् । ६ वर्षसम्म स्थानीय गाँउमा बिताएका उनको अध्ययन
स्थानीय विद्यालयमा पूर्वबालशिक्षााट प्रारम्भ भएको थियो ।  उनले माध्यमिक शिक्षा काठमाडौंको बुढानिलकण्ठ स्कुलबाट प्राप्त गरे । काठमाडौंकै त्रिचन्द्र बहुमुखी क्याम्पसबाट आइएससी गरेका उनले राजनीतिशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरे ।

त्यसपछि अध्ययनका लागि गएका उनले त्यहाँबाट एअरक्राफ्टएभिएसन कम्पनीबाट पाइलट कोर्स सम्पन्न गरे । २ वर्षसम्म पाइलटको रुपमा काम गरेका उनी त्यसपछि राजनीतिमा लागे । 

स्नोल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाको संस्थापक अध्यक्ष, सामुदायिक रेडियो कैलाश हुम्लाको संस्थापक अध्यक्ष, शुभचिन्तक वचत तथा सहकारी संस्थाको संस्थापक, नेपाल रेडक्रस सोसाइटी हुम्लाको संस्थापक अध्यक्ष, दी रेयूकाइ नेपाल हुम्लाको संस्थापक हुँदै उनी१० वर्षसम्म मानसरोवर नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका थिए । 



नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पस इकाइको सदस्यबाट राजनीति प्रारम्भ गरेका उनी कर्णाली हित समितिको सहसचिव पनि भएका थिए । 

नेपाली कांग्रेस हुम्लाको संस्थापक सभापति (२०४६ देखि २०६२) हुँदै उनी कांग्रेसको ११औँ महाधिवेशनबाट नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।



१२औँ र १३औँ महाधविेशनबाट पनि उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए । हाल उनी कांग्रेस केन्द्रीय सदस्य हुन् । उनले २०६८ देखि २०७२सम्म नेपाली कांग्रेस महाकालीको इन्चार्जको जिम्मेवारी निर्वाह गरेका थिए ।  

२०७४ देखि नेपाली कांग्रेस प्रदेशसभा कर्णालीप्रदेश संसदीय दलका नेता रहेका उनी २०७४ देखि २०७८ वैशाखसम्म कर्णाली प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता रहे । एमाले–माओवादी एकता भंग भएपछि उनी विपक्षी दलको नेताबाट हटे ।  

२०७० मा हुम्ला जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । २०७० देखि २०७४ सम्म संसदको विकास समिति सदस्य र कर्णाली विकास उपसमितिको संयोजक रहेर काम गरे । 

२०७४ सालमा हुम्ला निर्वाचन क्षेत्र (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनी प्रदेशभरकै प्रत्यक्ष निर्वाचित एक मात्र सदस्य हुन् । त्यसअघि उनी २०७३ मा नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र खानेपानी तथा सरसफाइमन्त्री बनेका थिए । 

२०४९ मा नेकाको तर्फवाट जिल्लाविकास समितिको सभापति उम्मेदवार, २०५५ देखि २०७४ सम्म जिल्ला विकास समिति महासंघ केन्द्रीय सदस्य, २०५५ मा नेकाको तर्फबाट जिल्लाविकास समितिको सभापति, २०६४ मा संविधानसभा सदस्य उम्मेदवार हुँदै उनी राजनीतिमा खारिएका थिए । 

नेपाली, अंग्रेजी, हिन्दी, स्पेनिस, जर्मनी र लामाखाम भाषको ज्ञान भएका शाहीले अमेरिका, बेलायत, चीन, जापान, जर्मनी, अस्ट्रेलिया, थाइल्याण्ड, इटाली, भारत, स्पेन, नेदरल्याण्ड, फ्रान्स, इजरायल, टर्कीलगायत दर्जनौँ देशको भ्रमण गरेका छन् । 

  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार २०:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया