प्रधानन्यायाधीशको ढाकछोप र संरक्षण गर्दै बसे दलहरूप्रति आन्दोलन गर्छौं : पूर्वसभामुख ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगानाले प्रधानन्यायाधीशको आचारणलाई लिएर वकिलहरू आन्दोलित हुँदा उल्टै ढाकछोप र संरक्षण गर्दै बसे राजनीतिक दलहरूप्रति आन्दोलित लक्षित हुने चेतावनी दिएका छन् ।

त्यसबेला आन्दोलनलाई दलहरूले थेग्न नसक्ने पनि उनको भनाइ छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आचारणलाई लिएर बार एसोसिएसन र न्यायाधीशहरू नै आन्दोलित हुँदा दलहरू भने न्यायालयको समस्या त्यहींबाट समाधान हुनुपर्ने भन्दै बसेका बेला आन्दोलनमा रहेका ढुंगानाको यो चेतावनीसहितको अभिव्यक्ति आएको हो । 

‘दलहरूले यो शुद्धीकरण आन्दोलन र बारको आन्दोनललाई साथ नदिने हो भने यही आचरण रहिरहोस् भन्ने विचार गरिरहने हो भने आन्दोलन दलहरूको लाचारीप्रति लक्षित हुन्छ ’, वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगानाले फरकधारसँग भने, ‘आन्दोलनप्रति दलहरूको उपेक्षाभाव छ । दलहरूले गम्भीरता बुझेका छैनन् । जब प्रधानन्यायाधीशको आचरणमाथि आम जनता आक्रोशित हुन्छ, त्यो बेला चाहिँ उनीहरूले सम्बोधन गर्न सक्दैनन् ।’

दलहरूले ढाकछोप गर्दै संरक्षण गरेर बस्ने हो भने जनताका लागि गम्भीर अवस्था आउने पनि बताए । उनका अनुसार बारको नेतृत्वमा भइरहेको आन्दोलन न्यायालयको शुद्धीकरणका लागि हो।
 
तर, दलहरू भने लाचार बनेको उनको गुनासो छ ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १०:३०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया