भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

३५ वर्षीय राजकुमार तामाङको मृत्यु भएको हो । 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार धुञ्चेपाखाबाट आउँदै गरेका उनी सवार बाग्मती प्रदेश ०२-०१६ प ३४३६ नम्बरको स्कुटर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-८ तीन दोबाटोमा अनियन्त्रित भएर आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनापछि तामाङ गम्भीर घाइते भएका थिए । उनको नेपाल–कोरियन मैत्री नगरपालिका अस्पताल थिमीमा उपचारको क्रममा मृत्यु भएको हो । उनको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
 

 





  • प्रकाशित मिति : कात्तिक १९, २०७८ शुक्रबार १०:२०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया