महाेत्तरीमा मोटरसाइकल र सुमो ठाेक्किँदा माेटरसाइकल चालकको मृत्यु

महाेत्तरीमा मोटरसाइकल र सुमो एकआपसमा ठाेक्किँदा माेटरसाइकल चालकको मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका -५ का सुधिर मिश्र रहेका छन् ।

सिन्धुलीतर्फ जाँदै गरेको ना १ ज ५७४७ नम्बरकाे सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल बर्दिवास-३  स्थित कारेभोगटे पुल नजिकै एकआपसमा ठाेक्किँदा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मिश्रलाई उपचारका लागि बर्दिवासस्थित सुभस्वतिक अस्पतालमा लगिएको थियो । थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेकाे छ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७८ शुक्रबार ११:१८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया