कम्युनिस्टहरू झुट बोल्न सबैभन्दा माहिर : प्रकाशमान सिंह
फाइल फाेटाे

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरू जनतामा भ्रम छर्न माहिर हुने गरेको बताएका छन् । 

यसकाे नमुना एमाले अध्यक्ष केपी ओली भएको उनले बताए । उनका अनुसार ओली झुट बोल्ने नेता हुन् । 

नेपाल संवतको अवसरमा शुक्रबार बुद्धनगरमा आयोजित कार्यक्रममा सिंहले भने, ‘दुईतिहाइको कम्युनिस्ट सरकार बन्यो तर काम गर्न सकेन । कम्युनिस्टहरूले जनतामा भ्रम फैलाएर भोट माग्छन् । भ्रम फैलाउने प्रतियोगिता भए ओलम्पिक जित्छन् ओलीले । संसारभरमै यति झुटो र भ्रम फैलाउने काम नेपालका कम्युनिस्टहरूले मात्रै सक्छन्।’

उनले देशको विकासमा कांग्रेसको विकल्प नभएको दाबी गरेका छन् ।
 
 





  • प्रकाशित मिति : कात्तिक १९, २०७८ शुक्रबार १३:८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया