ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एककाे मृत्यु, ६ जना घाइते

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एककाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन् ।

बिरामी बाेकी धरानतर्फ गइरहेकाे एम्बुलेन्स शनिबार राति मैवाखाेला गाउँपालिकाकाे मिल्केडाँडा छेउमा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

मृत्यु हुनेमा मैवाखाेला-२ की हेमकला थाेप्रा रहेकी छन् । उनलाई उपचारका लागि बिपी प्रतिष्ठान लैजाँदै गर्दा दुर्घटनामा परी मृत्यु भएकाे हाे । 

चालकसहित अन्य ६ जना सामान्य घाइते भएका छन् । 

प्रहरीका अनुसार एम्बुलेन्स सडकबाट ५० मिटर तल खसेकाे थियाे ।
 





  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार १०:४७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया