१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौं डिल्लीबजारस्थित सफ्टवेरिका कलेजले बेलायतको कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा 'नेपाल आइओटी च्यालेन्ज' घोषणा गरेको छ ।
विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा देखाउनका लागि यस प्रतियोगितामा समूह बनाएर सहभागी हुन सक्छन् । प्रतियोगितामा सहभागी हुन पाँच जना सदस्यको समूह बनाएर दर्ता गर्नुपर्नेछ । दर्ता भएका समूहरूले कलेजले आयोजना गरेको १० दिने निशुल्क बुटक्याम्पमा सहभागी हुनु पर्ने कलेजले जनाएकाे छ ।
सफ्टवेरिका कलेजका विद्यार्थीहरूले हालसम्म ड्रोन, स्मार्ट होम, विद्युतीय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट लगायत अन्य थुप्रै कुराहरू निर्माण गरिसकेका छन् । यस्तै केही बनाउन सक्ने वा इच्छुक वा सोच भएका विद्यार्थीहरूले प्रतियोगितामा भाग लिन पाउनेछन् ।
सो बुटक्याम्पमा प्रतियोगिता सम्बन्धि आवश्यक प्रशिक्षण पनि दिइनेछ । सो प्रशिक्षण सकिएपछि आफ्नो समूहसँग मिलेर आफ्नो आइओटी प्रोजेक्ट सम्पन्न गरेर बुझाउनु पर्नेछ । उत्कृष्ट तीन प्रोजेक्टहरूले आकर्षक नगद पुरस्कार जित्नेछन् ।
प्रतियोगितामा पहिलो हुनेले ५०,००० रुपैयाँ, दोस्रो र तेस्रो हुनेले क्रमश: ३०,००० र २०,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
कार्यक्रममा भाग लिन https://forms.gle/69QHGBNJuGE2D6NV6 यो लिंकमा गएर आफ्नो समूह दर्ता गराउन सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।