पत्रकारिताप्रतिको अपराध राज्यविरुद्धको अपराध

दाङ– प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै भएको बताएका छन् । सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य सम्बन्धमा घोराहीमा मंगलबार भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले अपराधको निक्र्योल गर्दै दोषीलाई दण्ड गर्ने अधिकार कुनै व्यक्ति, संस्था वा निकायलाई नहुने बताए । 

मुख्यमन्त्री पोख्रेलले नागरिकको आवाजलाई सरकारसमक्ष पुर्याउने माध्यम पत्रकारिता भएकाले यसको दुरुपयोग हुनबाट रोक्नुपर्ने बताउँदै विकासको नाममा पत्रकारले विवादलाई महत्व दिन नहुने बताए । अबको समय विकास र समृद्धिको भएको भन्दै उनले पत्रकारिताप्रतिको अपराध राज्यविरुद्ध र लोकतन्त्रविरुद्धको अपराध भएको बताए । 

फ्रिड्म फोरमले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले अहिलेसम्म नेपालमा ३६ जना पत्रकारको हत्या र चारजनाको अपहरण भएको बताए । राज्यले घटनाको सत्यतथ्य छानबिन गरेर पीडितलाई न्यायको महसुस गराउन नसकेको उनले बताए । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७५ मंगलबार १४:२२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया