राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव विष्णुराज ढकालले सोमबार पदबहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य–सचिव ढकालले पदवहाली गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयानुसार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ उपदफा (१२) बमोजिम ढकाललाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्य–सचिवको रुपमा कामकाज गर्ने जिम्मेवारी दिइएको थियो ।
ढकाल युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव हुन् । पदवहालीपछि सदस्य–सचिव ढकालले नवौँ राष्ट्रिय खेलकुद र आव २०७८–७९ का महत्वपूर्ण कार्यक्रम आफ्नो प्राथमिकता रहेको बताए ।
पदवहालीअघि सदस्य–सचिव ढकाललाई राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, शाखा प्रमुख, कर्मचारीलगायतले स्वागत गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।