क्यामरुनमा ७९ विद्यार्थी अपहरित

क्यामरुन– क्यामरुनको अंग्रेजीभाषी बसोवास गर्ने क्षेत्रबाट ७९ विद्यार्थी अपहरित भएका छन् । उक्त क्षेत्रलाई क्यामरुनबाट छुट्ट्याउन संघर्ष गर्दै आएको समूहले विद्यार्थीलाई अपहरण गरेको सरकारी अधिकारीले जनाएका छन् । विद्रोहीले यसबारे अझै प्रतिक्रिया जनाइसकेको छैन ।
 
विद्यालय सञ्चालन भइरहेको समय विद्रोहीको एक सशस्त्र समूह पेरस्बिटरियन माध्यमिक विद्यालय, वामेडामा प्रवेश गरी विद्यालयका प्रिन्सिपल, एक शिक्षक र बस चालकलाईसमेत विद्यार्थीसँगै लगेको विद्यालय स्रोतले पुष्टि गरेको छ । उक्त क्षेत्र क्यामरुनको उत्तरपश्चिममा पर्छ ।
 
क्यामरुनमा हुँदै आएको १३ महिने अशान्तिका कारण भएको यो घटना सबैभन्दा ठूलो घटना हो । क्यामरुनमा अधिकांश फ्रेन्च भाषी रहेका भए पनि उक्त क्षेत्रमा अंग्रेजी भाषालाई मातृभाषाका रुपमा मानिँदै आएको छ । 

क्यामरुनमा विगत ३५ वर्षदेखि राजनीतिक नेतृत्वमा रहेका ८५ वर्षीय राष्ट्रपति पाउल बियाले गत अक्टोबरमा भएको निर्वाचनबाट सातौँ कार्यकालका लागि चुनिएको केही समयमा नै यो घटना भएको हो । यद्यपि निर्वाचन परिणाप्रति विपक्षीले धाँधली भएको बताउँदै असन्तुष्टी जनाउँदै आएका छन् । 

निर्वाचनमा बियाले ७१.३ प्रतिशत मत प्राप्त गरी जितेको दाबी गरिए पनि निर्वाचनमा सरकारी अधिकारीले नै हुलदंगा मच्चाएर निम्न संख्यामा सहभागिता भएको विपक्षीको आरोप राष्ट्रपतिमाथि छ । क्यामरुनमा दुई करोड २० लाख अंग्रेजीभाषी नागरिक छन् र अल्पसंख्यक उनीहरू आफ्नो भूभागलाई स्वतन्त्र गरिनुपर्ने बताउँदै आएका छन् । विश्व युद्धपूर्व क्यामरुन जर्मनीको कोलोनीका रूपमा रहेकोमा विश्वयुद्धपछि बेलायत र जर्मनीको अनीमा गएको थियो ।
 
सन् २०१६ मा स्वतन्त्रताका लागि आवाज उठाए पनि अंग्रेजी भाषीलाई बियाले राज्यशक्तिको बलमा दबाएका थिए । सन् २०१७ को अक्टोबर १ मा एङ्लोफोन समुदायले देशको उत्तरपश्चिमी तथा दक्षिण पश्चिमी क्षेत्रलाई अम्बाजोनिया गणतन्त्रका रूपमा घोषणा गरेका थिए । तर, यसलाई कुनै पनि राष्ट्रले मान्यता दिएको छैन ।
 
क्यारूनमा भएका हिंसात्मक आन्दोलनमा परी ४०० नागरिकको मृत्यु भएको छ भने १ सय ७५ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । 
 





  • प्रकाशित मिति : कात्तिक २०, २०७५ मंगलबार १५:७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया