कांग्रेस दक्षिण कोरिया जनसम्पर्क समितिमा चरम विवाद
म्याद गुज्रेको दुई वर्ष पुग्नै लाग्दा अध्यक्ष र महामन्त्रीको मनोमानी

नेपाली कांग्रेसको दक्षिण कोरिया जनसम्पर्क समितिमा चरम विवाद देखिएको छ। जनसम्पर्क समितिको मूल नेतृत्वको कार्यशैलीलाई लिएर विवाद उत्पन्न भएको हो ।  

सभापति आस्था विन्दु मल्ल र महामन्त्री कुमार थापामाथि मनोमानी गरेको आरोप लागेको छ। उनीहरुको कार्यक्षमता र शैलीमाथि जनसम्पर्क समितिका सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

नियमित २ वर्षको कार्यकाल सकिएको अर्को २ वर्ष हुन लाग्दा सभापति  मल्लको नेतृत्वमा रहेको कार्यसमितिले वैधानिकता गुमाइसकेको असन्तुष्ट पक्षको आरोप छ । लामो समयदेखि संगठन निस्क्रियजस्तै देखिएको र एकलौटी रूपमा चलाउँदै आएको भन्दै उनीहरुको कार्यशैलीप्रति अन्य पदाधिकारी तथा सदस्यले आपत्ति जनाएका छन् । 

मल्लले नियोजित ढंगले अकस्मात् बैठक डाक्ने र आफूनिकटका सदस्य मात्र उपस्थित गराई निर्णय गराउँदै आएको असन्तुष्ट पक्षले आरोप लगाएको छ । 

दुईवर्षे कार्यकालका लागि निर्वाचित मल्लको कार्यसमितिले करिब चारवर्ष पार गरेकाले वैधानिकता गुमाइसकेको समितिकै एक पदाधिकारीले बताए । 

आइतबार कार्यसमितिको बैठकमा जबर्जस्ती निर्णय गराउन खोज्दा अधिकांश कार्यसमितिका सदस्यहरुले विरोध जनाएका थिए । अध्यक्ष र महामन्त्रीले कोरियाको बसाइ सकेर नेपाल फर्केकाको स्थानमा आफूखुसी मनोनीत गरेको भन्दै अन्य पदाधिकारी तथा सदस्यले विरोध जनाएका हुन् । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १९:२९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया