सत्ता गठबन्धन बैठक : रामचन्द्र पौडेलको नेतृत्वमा राजनीतिक संयन्त्र गठन

सत्ता दलहरुको गठबन्धनको बैठकले नेपाली सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको पाँचदलीय गठबन्धनको बैठकले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक गठन गर्ने निर्णय गरेको हो । 

संयन्त्रमा ५ दलका २–२ जना सदस्य रहनेछन् । मन्त्रिपरिषदबाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्य रहनेछन् । प्रधानमन्त्री शेरबहादुर देउवा पनि कार्यदलको बैठकमा सहभागी हुनेछन् । 

राजनीतिक संयन्त्रको नेतृत्व सुरुमा दुई महिना कांग्रेसका पौडेलले गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्नेछन् । 

संयन्त्रमा कांग्रेसको तर्फबाट पौडेल र कृष्ण सिटौला, माओवादीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधव नेपाल र अन्य एकजना, जसपाको तर्फबाट उपेन्द्र यादव र अन्य एकजना, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र अन्य एकजना सदस्य रहनेछन् ।

सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले कार्यदल गठन गर्ने निर्णय गरेको हो । संयन्त्रले सरकारका काम कारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्ने, राष्ट्रिय सभा र उपनिर्वाचनको तालमेलबारे सहजीकरण गर्नेलगायत जिम्मेवारी पाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १९:४२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया