सरकारले पर्यटन बोर्डका सिइओसँग सोध्यो स्पष्टीकरण

सरकारले नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीसँग स्पष्टीकरण माग गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कात्तिक २० गते भन्सार विभागका कर्मचारीसँग भएको विवादबारे सरकारले स्पष्टीकरण सोधेको हो । 

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले डा. रेग्मीलाई मन्त्रालयमै बोलाएर घटनाबारे जानकारी लिँदै स्पष्टीकरण माग गरेको हो। 

शनिबार बिहान बेलायतमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्ट (डब्लुटिएम)मा सहभागी भई नेपाल फर्कने क्रममा विमानस्थलको आगमन कक्षमा कार्यकारी प्रमुख रेग्मी र विमानस्थल भन्सार कर्मचारीबीच विवाद भएको थियो।

दुवै पक्षको जानकारी लिएर बोर्डका कार्यकारी प्रमुख रेग्मीसँग लिखित स्पष्टीकरण दिन निर्देशन दिएको मन्त्रालयले जनाएको छ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार २२:२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया