मोरङ कारागारमा कैदीबन्दीबीच झडप, ६ जना घाइते
सांकेतिक तस्बिर

मोरङ जिल्ला कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कारागारका चौकीदार किरण गुरुङले यातना दिएको भन्दै कैदीबन्दी आन्दोलनमा उत्रिएपछि झडप भएको हो ।

गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको भन्दै यहाँका कैदीबन्दीहरू आज बिहान आन्दोलित भएका हुन् । 

चौकीदार गुरुङको शोषण र यातना सहन नसकेपछि गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएका हुन् ।

गुरुङ समूहको यातना सहन नसकेपछि कैदीबन्दीहरू विवादमा उत्रिएपछि विवाद भएको थियो । विवाद भएपछि दुई पक्षबीच दोहोरो झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । 

घटनामा चौकीदार गुरुङसहित केही नाइके घाइते भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता रहेको बताइएको छ । उनीहरूलाई उपचारका लागि कोसी अस्पताल पठाउने तयारी गरिएको छ ।

चौकीदार गुरुङ, नाइके र भाइ नाइकेहरूको अत्याचार सहन नसकेपछि पदम कुमार लिम्बु, निर्मल ढकाल, राम कुमार राई, रमेश मण्डल, किरण गुरुङ, शेखर राई, विशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईलाई यहाँका अन्य कैदीबन्दीहरूले एउटा कोठामा थुनिदिएका थिए । 



थुनिएका कैदीलाई प्रहरीले कारागारबाट बाहिर निकालेर सुरक्षाका लागि राखेको छ । उनीहरूलाई कारागारबाट बाहिर निकालेपछि आन्दोलित कैदीबन्दी शान्त भएका छन् ।   



  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार १४:१६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया