अमेरिकी मध्यावधि निर्वाचन
अमेरिकी मध्यावधि निर्वाचनमा नेपाली मुलका भण्डारी विजयी
तस्वीर: भण्डारीकाे फेसबुकबाट

काठमाडौं– अमेरिकामा प्रतिनिधिसभा, सिनेट तथा गर्भनरहरुका लागि भएको मध्यावधि निर्वाचनको नतिजा आउन थालेको छ । नतिजाअनुसार अमेरिकी कंग्रेसको तल्लो सभामा डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको छ । त्यही तल्लो सभामा नेपाली मूलका ह्यारी भण्डारी पनि निर्वाचित भएका छन् । उनी पनि डेमोक्रेटिक पार्टीका उम्मेदवार हुन् । 

पर्वत जिल्लाका भण्डारी सन् २००५ मा अमेरिका गएका थिए । उनी नेपालमा शिक्षण पेसामा संलग्न थिए । अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्ने भण्डारी त्यहाँको ८ नम्बर क्षेत्रबाट प्रतिनिधिसभामा विजयी भएका हुन् ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७५ बुधबार ११:३९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया