जुवाखालबाट पाँच लाख नगदसहित २१ जना पक्राउ

रुपन्देही– बुटवल प्रहरीले जुवाखालबाट पाँच लाख दुई हजार रुपैयाँ नगदसहित २१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ७६ वर्षीय वृद्धसमेत छन् । 

प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा ९, तीननम्बरमा ४ लाख २६ हजार २ सय रुपैयाँसहित पासा खेलिरहेका १० जना, रुपन्देहीकै देवदह ३ सूर्यपुराबाट ७२ हजार ७ सय ३० रुपैयाँसहित ५ जना र देवदहकै भवानीपुरबाट ३ हजार ८ सय २५ रुपैयाँसहित ६ जना पक्राउ परेका छन् ।

गएराती १२ बजे तिलोत्तमा ९ का ४८ वर्षीय केशव न्यौपानेको घरमा पासा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर सोही स्थानका ४२ वर्षीय अमृत बस्याल, ३५ वर्षीय तिलक भुसाल, ४० वर्षीय चक्र पाठक, ४५ वर्षीय कमल पाठक, ४१ वर्षीय हरि पौडेल, १८ वर्षीय नितेष न्यौपाने, ५५ वर्षीय तुल्सीराम कँडेल, ३८ वर्षीय मुकेश पाण्डे र ७६ वर्षीय शिवलाल कँडेललाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

त्यस्तै, प्रहरी चौकी खैरेनीले रुपन्देही देवदह ३ का लोकराज भारतीको घरबाट ५ र देवदहकै भवानीपुरबाट ६ जुवाडेलाई पक्रउ गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७५ बिहीबार १५:८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया