काठमाडौं उपत्यकाका अदालतमा धर्ना दिँदै छन् वकिल

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका वकिलहरुले आज काठमाडौं उपत्यकाभित्रका सबै अदालतमा धर्ना दिने भएका छन् ।

नेपाल बार एशोसिएसनले घोषणा गरेको आन्दोलन अन्तर्गत आज बिहान १० बजेदेखि वकिलहरुले १२ बजेसम्म कालोपट्टी बाँधेर अदालतमा धर्ना दिन लागेका हुन् ।

यसअघि बारकै अगुवाइमा वकिलहरुले सर्वोच्च अदालत परिसरमा मात्र प्रदर्शन गर्ने वा धर्ना दिने काम सुरु गरेका थिए । 

उनीहरुको प्रमुख माग भनेको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा हो । तर, प्रधानन्यायाधीश जबराले राजीनामा दिन नमानेपछि उनीहरुले धर्नाको दायरा बढाएका हुन् ।

सर्वोच्चका न्यायाधीशले पनि प्रधानन्यायाधीश जबरालाई असहयोग गर्दै आएका छन् । तर, प्रधानन्यायाधीश जबराले आफूले राजीनामा नदिने बताइसकेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १०:४७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया