थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि, सातको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार ९ हजार ६०९ जनाको पिसिआर परीक्षण गर्दा ३०१ जना र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जना गरी ३१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

कूल संक्रमितको संख्या पिसिआर विधिबाट ८ लाख १६ हजार ६० र एन्टिजेनबाट ९४ हजार ९९५ पुगेको छ। 

सो अवधिमा २७९ जना कोरोना संक्रमण मुक्त भएका छन्। कूल निको हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ। 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४६६ पुगेको छ । 

नेपालमा हाल ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १७:१२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया