विश्वकप युरोपियन छनोटमा डेनमार्कको विजयी यात्रा कायमै

विश्वकप युरोपियन छनोटमा डेनमार्कले लगातार नवौँ जित दर्ता गरेको छ । उसले शुक्रबार राति भएको खेलमा फारोइ आइल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन आन्द्रेस ओल्सेन, जेन्स लार्सेन र जोकिम मेहेलले १–१ गोल गरे । फारोइ आइसल्यान्डका कल्मिन्ट ओल्सेनले १ गोल फर्काए ।

खेलको १८ औँ मिनेटमा आल्सेनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । ६३ औँ मिनेटमा लार्सेनले टोलीको अग्रता दोब्बर बनाए । 

८९ औँ मिनेटमा ओल्सेनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । थप गरिएको समय मेहेलले गोल गर्दा डेनर्माक ३–१ ले विजयी भयो । 

समूह ‘एफ’मा शीर्ष स्थानको डेनमार्कले ९ खेलबाट २७ अंक जोड्दा पराजित फारोइ आइसल्यान्ड समान खेलबाट ४ अंकका साथ पाँचौ स्थानमा छ ।

यही समूहको अन्य खेलमा स्कटल्यान्डले मोल्डोभामाथि २–० र अस्ट्रियाले इजरायलमाथि ४–२ को जित हात पारे । 
 
 





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार ७:५३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया