विद्रोही समूहको एम्बुसमा परी भारतीय सेनाका कर्णेलसहित सातजनाको ज्यान गयो

भारतको मणिपुरमा विद्रोही समूहको एम्बुसमा परेर भारतीय सेनाका कर्णेलसहित सातजनाको ज्यान गएको छ । घटना चराचनपुर जिल्लामा भएको हो ।

मृत्यु हुनेमा ४६ आसाम राइफल्सका कमाण्डिङ अफिसर विप्लव त्रिपाठी र अरु चार सैनिक छन् । साथै, त्रिपाठीका श्रीमती र एक छोरासहित सातजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । 

भारतीय सञ्चारमाध्यमले मणिपुर राज्यमा सक्रिय रहेको पिपुल्स लिबरेसन आर्मीले आक्रमण गराएको हुनसक्ने दाबी गरेका छन् । 
आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । 

मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले आक्रमणकारीलाई खोज्ने काम भइरहेको बताएका छन् । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार १८:२८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया