विश्वकप छनोट : जर्मनीको सहज जित

विश्वकप युरोपियन छनोट अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनीले घरेलु टोली अर्मेनियामाथि ४-१ को सहज जित हात पारेको छ ।

जर्मनीको सहज जितमा इल्के गुन्डोगनले दुई तथा काई हाभर्ट्ज र जोनास होफम्यानले एक-एक गोल गरे । अर्मेनियाका हेनरिक मिखीटेरीयनले एक गोल फर्काए। 

भज्गन सरगस्यान रिपब्लिकन स्टेडियममा खेलको १५औं मिनेटमा हाभर्ट्जले जर्मनीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको थप गरिएको समयमा गुन्डोगनले पेनाल्टीमा गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए । ५०औं मिनेटमा गुन्डोगनले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अगाडि बढाए। 

५९औं मिनेटमा मिखिटेरीयनले पेनाल्टीमार्फत् गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याए । ६४औं मिनेटमा होफम्यानले गोल गरेपछि जर्मनीले फराकिलो जित हात पारेको हो ।
 
यो जितपछि समूह ‘जे’ को शीर्षस्थानमा रहेको जर्मनीले १० खेलबाट २७ अंक जोड्दा पराजित अर्मेनिया १२ अंकका साथ चौथो स्थानमा छ । 

यही समूहका अन्य खेलमा नर्थ मासेडोनियाले आइसल्यान्डलाई ३-१ तथा रोमानियाले लिचेस्टाइनलाई २-० ले पराजित गरेका छन् । 
 





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार ८:४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया