एकादशी बजार भर्न हिँडेकाे बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु

चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेकाे बोलेरो जिप आज(सोमबार) दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यसैगरी दुर्घटनामा परी १४ जना घाइते भएका छन् ।

सुनकोशी गाउँपालिका-८ च्यानम हुँदै ककनीतर्फ जाँदै गरेकाे प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङमाभ सडकबाट करीब ६०० मिटर तल खसेको थियाे ।

दुर्घटनामा परी घाइते भएकाको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए । गम्भीर घाइतेलाई काठमाडाैं लैजान हेलिकप्टर झिकाइएको प्रहरीले जनाएको छ । 

घटनाको थप विवरण आउन बाँकी छ ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १०:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया