प्रचण्डद्वारा गलेश्वर शिवालय अवलोकन

बेनी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको अवलोकन गरेका छन् ।

सो क्रममा नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री रामबहादुर थापाले समेत बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको दर्शनसमेत गरेका थिए । नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित रहेको गलेश्वर मन्दिरसँगै ढुंगामाथि कहिल्यै नसुक्ने जलकुण्ड, चट्टानमाथि पलाएका शिलालगायतको समेत अवलोकन गराइएको थियो । 

धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा रहेको गलेश्वरको महत्वबारे गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी र मन्दिरका पण्डित भीमनाथ पराजुलीले जानकारी गराएका थिए । मुक्तिनाथ प्रवेशद्वारको रूपमा रहेको गलेश्वरको ऐतिहासिक महत्त्व र यहाँको समस्याबारे जानकारी लिन अवलोकन भ्रमण गरिएको प्रचण्डका निजी सचिव जोगबहादुर महराले जानकारी दिएका छन् ।

अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले आज बिहान म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको रहुघाट जलविद्युत् आयोजना, बेनी–जोमसोम–कोरला सडक, बेनी बजारमा कालीगण्डकी नदीले गरेको कटानलगायतको स्थलगत अवलोकन गरेका थिए ।

बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित प्रचण्डपत्नी सीताको उपचारको सिलसिलामा सोमबार म्याग्दी अाएका प्रचण्डसहित गृहमन्त्री रामबहादुर थापा र उनकी पत्नी नैनकलासहितको टोलीले आज दुईपटक तातोपानीमा डुबेर स्नान गर्ने तयारी छ । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७५ मंगलबार १३:५१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया