प्रधानन्यायाधीश जबरामाथि वरिष्ठ अधिवक्ता थापाका दुई आरोप

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि गम्भीर दुई आरोप लगाएका छन् ।

बारको आन्दोलनमा सहभागी हुँदै थापाले आज जबरालाई ‘भष्मासुर’ भएको भन्दै दुई गम्भीर आरोप लगाए । जुन आरोप जबराको आचरणसँग सम्बन्धित छन् । 

पहिलो आरोप – ‘पैसा लिएर काजमा ल्याउँछन्’

न्यायालयका कर्मचारीहरूको सरुवा गर्ने निकाय न्यायपरिषद् हो । पैसा लिएर जबराले तुरुन्तै काजमा ल्याउने गरेको आरोप लगाए ।

‘न्याय परिषद्ले पदस्थापन गर्छ । यिनले त्यसलाई सरुवा बदर गरेर तुरुन्तै ल्याउँछन् । त्यो पैसा नखाएको भए के गर्‍या हो ? अस्ती यिनलाई दिएनछन् कि क्या हो, चार जना विशेषका उपसचिव सरुवा गरिदिए हेर्नुहोस् । न्याय परिषदै नचाहिने ।’

न्यायपरिषद् अध्यक्ष प्रधानन्यायाधीश हुन्छन् । परिषद्को बैठक नै नबसाएर एक्लौटी काज सरुवा गर्ने गरेको आरोप उनले लगाए ।



परिषद् सदस्यहरू रामप्रसाद श्रेष्ठ, रामप्रसाद भण्डारी र सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई जबराको त्यस्तो काम रोक्न थापाले आग्रह गरे । 

दोस्रो आरोप – ‘म आदेश दिन्छु, मलाई दुई जना दिनुहोस् भनेछन्’



५ पुस र ८ जेठको बिहान भएको प्रतिनिधिसभा विघटनको मुद्दामा पक्षको तर्फबाट बहससमेत गरेका वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश जबराले विघटन उल्ट्याउने गरिको आदेशलाई मन्त्रीसँग साटेको अर्को आरोप लगाए । हुन त हाल जबरा विवादित भएको पनि यही आरोपले हो । 
  
थापा भन्छन्, ‘यिनले परमादेश दिएको होइन । सर्वोच्च आफैंले दिएको हो । यिनले त के भने भने अगाडि नै म आदेश दिलाइदिन्छु । मलाई दुई जना दिनुहोस् न भइहाल्यो नि ।’

न्यायाधीशले आफ्नो फाइदाका लागि मुद्दाको फैसला गर्न हुँदैन भन्ने न्यायिक मान्यता छ । जबराले भने आफ्नो फाइदाका लागि फैसला गर्नुपर्छ भन्ने बुझेको पुष्टि भएको थापा बताउँछन् । 

उनले विघटनविरुद्धको फैसला जबराले नभइ सर्वोच्चले दिएको पनि बताए ।

  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १३:५१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया