एमाले तर्साएर चन्दा उठाउने पार्टी होइन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चन्दा उठाएर तर्साउने पार्टी नभएको बताएका छन् । 'नेकपा एमाले तर्साएर चन्दा उठाउने पार्टी होइन् । नेकपा एमाले मन लिएर, कामको विश्वास जितेर, नीति र विचारले विश्वास जितेर आफ्नो साथमा पार्ने पार्टी हो’ ओलीले भने ।

बुधबार बाँकेको नेपालगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । साथै, उनले कांग्रेस प्रचण्डपथमा गइसकेको दाबी गरे । उनले भने,‘कांग्रेस त प्रचण्डपथमा लागिसक्यो । बीपी, गणेशमान, कृष्ण भट्टराईको कांग्रेस कहाँ छ, प्रचण्डले जे भन्यो कांग्रेस त्यही बाटोमा हिँडिसक्यो ।’

‘नेकपा एमाले यस्तो पार्टी हो, ६ हजारभन्दा बढी वडामा देशभरिका वडा अधिवेशन एकैदिन, अरु कुनै पार्टीले नचिच्याए हुन्छ’ ओलीको भनाइ छ ।

ओलीले नेपाल भएको सबै ठाउँमा एमाले रहेको दाबी गरे । उनले भने, ‘जहाँ-जहाँ नेपाली जनता पुगेको छ त्यहाँ एमाले छ । जहाँ नेपाली त्यहाँ एमाले ।’ आफूहरूले अन्तर्राष्ट्रियस्तरमा पनि दमदार सन्देश दिनेगरी भव्यताका साथ विधान महाधिवेशन गरेको बताए ।

नेकपा एमाले भौतिक रूपमा मात्र नभई वैचारिक रूपमा पनि बलियो भएको उनले उल्लेख गरे ।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १६:५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया