आर्मीका सुशील सेमिफाइलनमा

विभागीय टोली त्रिभुवन आर्मीका सुशील थापा प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुषतर्फ ४८ केजी स्पर्धाको सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा जारी प्रतियोगिताअन्तर्गत ४८ केजी स्पर्धाको खेलमा सुशीलले उदयपुरका लक्ष्मण राईलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । 

सोही स्पर्धाको अन्य भिडन्तमा एचटुओका रविन थापाले अल्फाका विशेष बुढा मगर, बाजुराका कमल विश्वकर्माले दाङका राजन परियार (वाकओभर) र सुर्खेतका मोहन गुरुङले झापाका धर्मेन्द्र राईलाई हराउदै सेमिफाइनलमा स्थान बनाए ।

पुरुष ५१ केजीमा उदयपुरका नारायण भुजेलले चितवनका विमोचन लामिछाने, आर्मीका सुवास तामाङले आर्मी ‘बी’का जयन्त मैनाली, रुकुमका जीवनकुमार पुनले अल्फका प्रशान्त झाँक्री मगर तथा एपिएफका प्रदीप महर्जनले पाल्पाका दिलबहादुर आलेलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे । पुरुष ५४ केजीमा आर्मी ‘बी’का सुदीप श्रेष्ठले रामेछापका आर्यन गहतराज, भिपिबिसीका उपास गुरुङले दाङका भरत पुन मगर तथा स्विटका आङ पेम्बा शेर्पाले अल्फाका रेमोन पुन मगरलाई हराउँदै अन्तिम चारको यात्रा तय गरे ।

पुरुष ५७ केजीमा एपिएफका पुरन राईले नेपाल प्रहरीका शम्भु राजवंशी तथा एचटुओका बुद्ध ग्याल्मो लामाले पनि आर्मी ‘बी’का बाबुराम मगरलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । यस्तै, कञ्चन्पुरका रञ्जन भट्टले भाइबका तिलवीर पुन मगरबाट वाकओभर पाउँदै सेमिफाइनलमा स्थान सुनिश्चित गरे । 

पुरुष ६० केजीमा बिएनकेबीका इन्द्रबहादुर सुनारले नक्सालका विजय थापा, दाङका अनिल पुन मगरले आर्मीका विमल रोक्का, बाँकेका नवीन घर्तीले ललितपुरका निशान दास तथा कञ्चन्पुरका महेन्द्र चन्दले बाजुराका देवराज जोशीलाई निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे । 

पुरुष ६३ केजीमा थानकोटका मनीष श्रेष्ठ, आर्मीका दोलबहादुर चौधरी, कास्कीका सागर परियार तथा एपिएफका सोनम सार्की सेमिफाइलनलमा स्थान बनाए । प्रतियोगितामा भोलिबाट सेमिफाइनलका खेल हुनेछन् ।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार २०:३४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया