शिक्षकको स्थायी जागिर छोडेर राजनीतिमा

कालीकोटको रास्कोट नगरपालिका–६ का नयरूप धमाला शिक्षकको स्थायी जागिर छोडेर राजनीतिमा होमिएका छन् । २०५० सालदेखि शिक्षण पेसामा संग्लन उनी यही वर्षको कात्तिकमा शिक्षक पेसा त्यागेर राजनीतिमा होमिएका हुन् । 

नेकपा एमाले कालीकोटको संस्थापक नेताका रूपमा रहेका धमाला रास्कोट–६ मा रहेको कालाशिल्ला मावि  गोरखाली गाउँमा शिक्षकको रूपमा कार्यरत थिए ।अवकास लिने समय दश वर्ष बाँकी रहे पनि धमलाले राजीनामा दिएर एमालेको राजनीतिमा लाग्ने निर्णय गरेका हुन् ।

१९ वर्षमा कालीकोट एमालेको पार्टी सदस्यता लिएका उनी लामो समयदेखि पार्टीनिकट शिक्षक संगठनमा काम गर्दै आएका थिए । उनी २०४६ सालमा अनेरास्ववियु कालीकोटको अध्यक्ष पनि रहेका थिए । 

‘अहिले पार्टीमै रहेर काम गर्नेछु । पार्टीमा सक्रिय रहेका साथीहरूलाई आफ्नो सहयोग र त्याग रहनेछ । त्यसपछि पार्टीको जिम्मा वा सत्तामा जाने योजना बनाएर जागिर राजीनामा दिएर राजनीति फिल्डमा आएको छु,’ धमालाले भने, ‘आफूले बनाएको पार्टी विभिन्न कालखण्डमा गरेको योगदानको बलिदानलाई शिरमा राख्न आफूले जागिर राजीनामा दिएर पार्टीमा सक्रिय रहने योजनाका साथ पार्टीमा बाँकीको जीवन समर्पण गर्न लागेको हुँ ।’

आफूले एमालेको पार्टी सदस्यता लिँदा कालीकोटमा अहिले एमालेमा रहेका कुनै पनि कोही साथी नभएको पनि उनले बताए । ‘जिल्ला बाहिरबाट आएका शिक्षक मात्र आवद्ध थिए । भीम गुरुङ, हरिप्रसाद आचार्य, ठाकुरप्रसाद ज्ञवाली, कालीकोटकै शिक्षक नेता दानसिंह सेजुवालले पार्टी सदस्यता लिएर नेकपा एमाले स्थापना गरेका थिए,’ उनले भने, ‘पार्टी स्थापना गर्न ठूलो योगदान र भूमिकालाई खेर फाल्न नदिन आफूले जागिर छोडेर पार्टीमा आएको हुँ ।’

आफूले शिक्षक पेसामा रहे पनि पार्टीलाई आर्थिक, भौतिक रूपमा सहयोग गरेको २०४७ को कात्तिक १ गते सदस्यतालाई २०७३ सालमा पार्टी सदस्यता दिएको सूचीमा राखेकोमा उनले पीडा पोखे । 



‘मलाई अन्याय भएपछि केन्द्रीय कार्यालयमा पुगेर पुरानो २०४७ कात्तिक १ गतेकै पार्टी सदस्यता सच्याएको छु,’ उनले भने, ‘राजनीतिमा केही नयाँ काम गरेर देखाउने मेरो इच्छा छ ।’  



  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १४:१३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया