कांग्रेस पाँचथरकाे प्रदेश निर्वाचन ‘क’ मा उपसभापतिमा सर्वसम्मत

नेपाली कांग्रेस पाँचथरको प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट दुई उपसभापति सर्वसम्मत चयन भएका छन् । 

भरतकुमार खपाङ्गी मगर र सीताराम न्यौपाने सर्वसम्मत रूपले चयन भएका हुन्  ।

उनीहरू दुवै जना जिल्ला सभापति पदका उम्मेदवार रूपनारायण जबेगु र सुरेन्द्रकुमार दाहालको प्रदेश सभा निर्वाचन क्षेत्रको प्यानलमा थिए । दलित सदस्यमा शेरबहादुर विक पनि सर्वसम्मत भए ।

अन्य पदमा भने निर्वाचन आज हुने भएको छ । 

सभापति पदका लागि जबेगू पक्षबाट भगिश्वर योङहाङ र दाहाल पक्षबाट कुमार राई (प्रताप)को उम्मेदवारी छ । 

प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा जबेगू पक्षबाट नगेन्द्रकुमार लामा र दाहाल पक्षबाट मैया श्रेष्ठ लावती उम्मेदवार छन् ।



 



  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार ६:५५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया