एमाले महाधिवेशनः कहिले गर्लान् पदाधिकारी आकांक्षीले घोषणा ?

एमाले महाधिवेशनका लागि अब एक साता मात्र समय बाँकी छ । चितवनमा १० मंसिरमा सुरु हुने एमालेको दशौं महाधिवेशनबाट १५ पदाधिकारीसहित २२५ जना केन्द्रीय सदस्य निर्वाचित हुँदैछ । 

तर, महाधिवेशनका लागि एक साता मात्र बाँकी हुँदा पनि अहिलेसम्म नेताहरु कसैले पनि आफू उठ्ने पदबारे घोषणा गरिसकेका छैनन् । पदाधिकारीमा आउन चाहेका नेताहरु समेत यो विषयमा चुप रहँदा यसले अन्योल बढाएको छ । आखिर अहिलेसम्म पदाधिकारीमा दाबी गरिरहेका नेताहरुले पनि किन औपचारिक घोषणा गरेका छैनन् त ?

‘सबैभन्दा पहिले त हामीले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने विषय उठेकाले यो कसरी जान्छ भन्ने सोचेका हौँ,’ यो महाधिवेशनबाट पदाधिकारीमा आउन चाहेका एक एमाले नेताले भने, ‘त्यसैले अब यो घोषणा पनि अहिलेसम्म नभएको हो । सर्वसम्मत नेतृत्व चयन नहुने अवस्थामा पुग्दा अब मनोनयनको दिनमा मात्रै धेरैले यो घोषणा गर्लान् ।’

चितवन महाधिवेशनमा एमालेमा अध्यक्षसहित एक महासचिव, एक वरिष्ठ उपाध्यक्ष, दुई उपमहासचिव, चार उपाध्यक्ष र सात सचिवसहित  नेताहरु आउनेछन् । अघिल्लो महाधिवेशनबाट निर्वाचित अधिकांश पदाधिकारीले यो महाधिवेशनमा पनि आफूहरु सोही स्थानमा आउन चाहेको देखिन्छ । यसले गर्दा एमालेमा पदाधिकारी हुन चाहनेको संख्या निकै बढेको छ ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ६:१३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया