गाँजा तस्करी गरेकाे भन्दै अमेजन इन्डियाका दुई व्यापारीविरुद्ध मुद्दा

गाँजा तस्करीमा अनलाइन किनमेल वेबसाइट अमेजन प्रयोग भएको भन्दै सो कम्पनीका भारतीय व्यापारीविरुद्ध लागुपदार्थ कारोबारको मुद्दा दायर भएको छ । 

२० केजी गाँजा तस्करी गरेको आरोपमा गत साता पक्राउ परेका अमेजनका दुई जना व्यापारीहरूलाई मध्यप्रदेश प्रहरीले मुद्दा दायर गरेको हो ।

प्रहरीले अमेजन इन्डियामा कार्यकारी निर्देशकमाथि लागुऔषधसम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाएको हो । उनीहरूले स्टिभियाको पात भन्दै अमजेनमार्फत भाङ बेचेका थिए ।

यसैबीच, अमेजनले एक विज्ञप्ति जारी गर्दै गैरकानुनी बस्तु बेच्न राख्न नपाइने भन्दै त्यस्तो कार्यमा संलग्न व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । गैरकानुनी बस्तु बिक्री गरिएको विषयमा अनुसन्धान गरिएको पनि अमेजनले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार ८:३९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया