दीपिका–रणवीर विवाहका तस्विर सार्वजनिक
तस्वीर: रणवीरकाे ट्विटरबाट ।

एजेन्सी– बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणबीच भएको विवाहका तस्वीर सार्वजनिक भएका छन् । र, यी तस्वीर अहिले सामाजिक सन्जाल तथा भारतीय मिडियामा भाइरल भइरहेका छन् । कोंकणी रीति–रिवाजअनुसार बुधबार उनीहरुको विवाह भएको थियो भने बिहिबार सिंधी रीति–रिवाजअनुसार उनीहरुको विवाह भएको थियो ।

रणवीरले आफ्नो ट्विटर एकाउन्टमा दुई तस्वीर ट्विट गरेका छन् भने दीपिकाले अर्को सामाजिक सन्जाल इन्स्टाग्राममा तस्वीर राखेकी हुन् । 

यी दुईबीचको विवाह बुधबार इटालीको लेक कोमोमा भएको थियो । विवाहमा उनीहरुका नजिकका व्यक्ति मात्र बोलाइएका थिए । विवाहका तस्वीर यी दुईले सामाजिक सन्जालमा राख्नुभन्दा पहिले सार्वजनिक नै गरिएको थिएन ।

यी दुईको फिल्म ‘गोलियों कि रास लिला– रामलीला’ फिल्मको सुटिङबाट प्रेम भारतीय मिडियाले चर्चा गर्दै आएका छन् । यी दुईले चाहिँ गत महिनामात्र विवाहको मिति सार्वजनिक गरेका थिए ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७५ बिहीबार २१:२५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया