केही नेताले आवेगमा उम्मेदवारी घोषणा गरे, निर्वाचनको समयसम्म फिर्ता लिन्छन् : महासेठ

नेकपा(एमाले)का नेता रघुवीर महासेठले उम्मेदवारी घोषणा गर्ने नेताहरूले निर्वाचनको समयसम्म उम्मेदवारी फिर्ता लिने दाबी गरेका छन् ।

मंगलबार एमालेको स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जुन प्रतिनिधिको बलमा उम्मेदवारी घोषणा गरिएको छ सोही प्रतिनिधिको प्रस्तावमा उम्मेदवारी फिर्ता हुने बताए । ८० प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले सहमतिकै आधारमा नेतृत्व चयन होस् भन्ने चाहेको उनको भनाइ थियो ।

‘प्रजातान्त्रिक विधिमा पनि, प्रक्रियामा पनि, सहमति भनेको पनि ठूलो प्रक्रिया हो । हामी सहमतिकै आधारमा आउने महाधिवेशनमा नेतृत्वको चयन होस् भनेर बहुसंख्यक ८० प्रतिशतभन्दा बढी प्रतिनिधिहरू सहमतिको पक्षमा हुनुहुन्छ । जुन साथीहरूले अहिले उम्मेदवारी घोषणा गर्नुभएको छ, मलाई विश्वास छ, निर्वाचनको समयसम्म उहाँहरू आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ किनकि जुन प्रतिनिधिको भरमा उहाँहरूले उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यही प्रतिनिधिको अनुरोधमा उहाँहरूले फिर्ता लिनुहुन्छ । हामी सबै नेतृत्वमा बस्नेहरूलाई विश्वास छ ।’

उनले एमालेको नेतृत्व चयन सहमतिमा हुँदैन कि भनेर शंका गर्ने ठाउँ नरहेको बताए । केही नेताहरूले आवेगमा आएर उम्मेदवारी घोषणा गरेको नेता महासेठको टिप्पणी छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १६:१३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया