एमाले महाधिवेशन : प्रदेश २ बाट छानिए २२६ प्रतिनिधि

नेकपा एमालेको दशौं महाधिवेशनका लागि प्रदेश २ बाट २२६ जना प्रतिनिधि छनोट गरिएका छन् ।

नेकपा एमाले प्रदेश २ का सचिव मनोज खड्काले अहिलेसम्म मोटामोटी २२६ जना महाधिवेशन प्रतिनिधि छनोट भएको जानकारी दिए । उनले यसमा अझै केही थपघट हुन सक्ने सम्भावना रहेको समेत बताए ।

धनुषाबाट ५३, महोत्तरीबाट ३२, सर्लाहीबाट १३, सिरहाबाट २२, सप्तरीबाट २०, रौतहटबाट २७,  बाराबाट ३८ र पर्साबाट २७ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको उनले बताए । 

त्यस्तै प्रदेश कमिटीबाट पाँच जनालाई मनोनीत गरिएको छ भने मजदुरबाट सात जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि मंसिर १० देखि १२ गतेसम्म नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ ।





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १६:१७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया