काठमाडाै‌ं महानगरपालिकाले भित्री सडकमा इँटा र ढुङ्गा छाप्ने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले भित्री शहरका सडक इँटा वा ढुङ्गा छाप्ने भएको छ । सडक मर्मत र सुधारका क्रममा कालोपत्रेभन्दा इँटा र ढुङ्गा छाप्ने कार्यलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ । 

भित्री शहरमा सवारीको चाप अत्यधिक भएको स्थानबाहेक अन्यत्र कालोपत्रे नगरिने महानगरपालिकाका पुरातत्व महाशाखाका प्रमुख इञ्जिनीयर राम थापाले बताए । उनका अनुसार विश्व सम्पदा क्षेत्र आसपासका सडकमा मौलिक स्वरुपमा जोड दिइएको हो । उनले भने, ‘असन, इन्द्रचोकका भित्री सडकमा ढुङ्गा र इँटा छापिएको हो ।’ 

पर्यटकको आगमन बढी भएका स्थानका सडकलाई मौलिक स्वरुपमा निर्माण गर्न लागिको महानगरपालिकाले जनाएको छ । सम्पदा क्षेत्रका भौतिक पूर्वाधारमा सकेसम्म मौलिकता कायम गर्ने काम भइरहेको छ । इञ्जीनियर थापाले भने, ‘सम्पदा क्षेत्रमा मौलिकता कायम गर्दा पर्यटकका लागि आकर्षित हुनेछ ।’ 

कामपाले चालू आव २०७५–७६ का लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ ।

कामपाभित्र करीब एक हजार ४५० किमी पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मत सम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किमी छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार १४:४६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया