जुम्लामा ३५ सय उद्योग दर्ता, अधिकांश कागजमै सीमित

जुम्लामा पछिल्लो समय दर्ता हुने उद्योगको संख्या बढेको छ । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाले सातौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ३५ सय उद्योग दर्ता गरिएको जानकारी दिएको हो । 

उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लामा आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक हजार ७६ वटा नयाँ उद्योग दर्ता थिए । घरेलु तथा साना उद्योगको स्थापनाकालदेखि २०७६/७७ सम्म दुई हजार एक स १२ वटा मात्रै उद्योग दर्ता भएका थिए । तर २०७७/७८ भित्र अर्थात् एक वर्षमै यहाँ तीन हजार पाँच सय नयाँ उद्योग थपिएका छन् । जिल्लामा अहिले उद्योग संख्या तीन हजार पाँच सय पुगेको छ ।

उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लामा आर्थिक वर्ष २०७७/७८ मा तीन हजार पाँच सय नयाँ उद्योग दर्ता हुनु राम्रो पक्ष भए पनि सञ्चालनमा नआउनु दुखद पक्ष भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई बताउँछन् । अनुदानकै लािग प्रयोग गरेर  थन्काउनु गलत भएको उनको भनाइ छ । 

उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका कार्यालय प्रमुख पदम न्यौपानेले जिल्लामा दर्ता भएका अधिकांश उद्योग कागजमै सीमित रहेको उल्लेख गरे । ‘अधिकांशले कृषि क्षेत्रमा उद्योग स्थापना गर्नेगरी अनुमति लिएका हुन्, सरकारी अनुदान र सहुलियतपूर्ण कृषि कर्जा पाउने आशामा धेरै उद्योग दर्ता भएको पाइएको छ,’ न्यौपाने भन्छन्, ‘उद्योग दर्ता भएर व्यवसाय सञ्चालन हुनु राम्रो कुरा हो । तर, जुम्लामा निर्वाहमुखी कृषि, नाफामुखी र व्यवसायी बन्न उद्योग दर्ता भएको देखिएन। सरकारी सुविधा दुरुपयोग गरी निकै विडम्बनापूर्ण अवस्था निम्त्याइएको पाइयो ।’  –न्युज कारखाना 





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १०:१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया