झापामा पाँच लाखमा बन्यो धरहरा

झापा– झापाको शिवसताक्षीमा स्थानीयवासीले पर्यटकलाई आकर्षित गर्न २४ फिट उचाइको धरहरा निर्माण गरेका छन् । शिवसताक्षी नगरपालिका–६ शिवगञ्जको मुख्यचोकमा पाँच लाख रुपैयाँ लागतमा निर्माण गरिएको सो नौतले धरहरा भूकम्पमा ढलेको काठमाडौँको धरहराजस्तै छ ।
 
धुलावारी चोकमा सानो धरहराको प्रतिमा राखेको देखेपछि स्थानीय युवाले त्यस्तै धरहरा आफ्नो गाउँमा पनि निर्माण गरेका निर्माण समितिकी कोषाध्यक्ष निर्मला प्रसार्इंले बताइन् ।  

राति झिलिमिली हुनेगरी नवनिर्मित धरहरामा र‌ंगिन बत्ती जडान गरिएको र यसमा शिवसतााक्षी नगरपालिका, वडापालिका र विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरेको धरहरा निर्माण अनुगमन समितिका संयोजक नवीन तिम्सिनाले जानकारी दिए । 

चढ्न नमिल्ने सो धरहरा निर्माणपछि पर्यटकीय आकर्षणको एउटा महत्वपूर्ण स्थल बन्न पुगेको शिवगन्ज चोकमा धरहरासँग फोटो खिचाउने बढेका छन् । 





  • प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार ११:१०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया