बिना अवराेध सम्पन्न भयाे राष्ट्रिय जनगणना २०७८

राष्ट्रिय जनगणना २०७८ कुनै पनि प्रकारको अवरोधबिना सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । 

केन्द्रीय तथ्यांक विभागले शुक्रवार पत्रकार सम्मेलन गर्दै कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको हो।  

राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरू सामाजिक सञ्जालमा उब्जिएको भए पनि विभागले सम्बन्धित पक्षहरूसँग छलफल गरी जनगणना कार्यलाई अगाडि बढाएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नबिनलाल श्रेष्ठले जानकारी दिए ।

महानिर्देशक श्रेष्ठले नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको हाराहारीसम्म पुग्ने अनुमान गरिएको बताए ।

जिल्ला जनगणना कार्यालयबाट मंसिर मसान्तसम्ममा जिल्लाको विवरण केन्द्रमा आउने भन्दै उनले केन्द्रीय तथ्यांक विभागले विवरण इन्ट्री गर्न ६ देखि ८ महिना लाग्ने जानकारी दिए । एक वर्षपछि जनगणनाको रिपोर्टहरू निकाल्न सुरु गर्ने र दुई वर्ष भित्रमा जनगणनाको सम्पूर्ण क्रियाकलाप सम्पन्न गर्ने उनको भनाइ छ ।





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १४:१८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया