एमालेले थिति बसाल्ने काममा सहयोग गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरूको समान धारणा बनाउन पर्ने बताएका छन् ।

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनलाई शुभकामना दिँदै उनले देशको मूल मुद्दामा समान धारणा निर्माण गर्न सबै राजनीतिक दलमा निरन्तर सम्वाद र सहकार्य आवश्यक रहेको बताए ।

उनले पार्टीहरूबीच नीतिगत रूपमा रहेका विमतिलाई संविधान अनुरूप निर्माण गरेका विधिमार्फत टुंगो लगाउने र सबैले स्वीकार गर्ने प्रवृति बसाल्नु पर्ने बताए ।

'हामी सद्भाव, छलफल ,संवादमार्फत हरेक समस्याको समाधान निकाल्न चाहन्छौँ' उनले भने ।

उनले अध्यक्ष ओलीसँगै जेलमा बिताएको समय स्मरण गर्दै अबका दिनमा जनताले यस्ता दुःख नपाउने अवस्था बनाउनुपर्ने बताए । उनले थिति बसाल्नका लागि एमालेले सहयोग गर्नुपर्ने धारणा राखे ।

'एमालेले सरकारका विविध विधानअनुसार थिति बसाल्ने काममा सहयोग गर्नु पर्छ' उनले भने ।    





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १४:४७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया