निःशुल्क आँखा शिविर

काठमाडौं– सशक्तीकरण समाज नेपाल (स्टेप नेपाल)को आयोजनामा बालाजु, बोहोराटारमा सञ्चालन गरिएको आँखा शिविरमा १ सय २७ जना व्यक्तिको निःशुल्क आँखा जाँच गरिनुका साथै उनीहररूलाई परामर्श, सरसल्लाह र औषधि वितरण गरिएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ, महानगरपालिका वडा नं १६ कार्यालय, सोहृखुट्टे, महानगरीय प्रहरी वृत, बालाजु, एड्सविरुद्ध राष्ट्रिय नेटवर्क समूह नेपाल (नानगान), बिजुलीबजार, अपराधमुक्त समाज नेपाल र स्विट हर्ट मन्टेस्वरी प्रि—स्कुलको समन्वयमा सम्पन्न सो शिविरमा मेट्रो आई केयर, सुविधानगरका वरिष्ठ आँखा रोग विशेषज्ञ वीरेन्द्र महतको नेतृत्वको प्राविधिक टोलीले आँखा परीक्षण गरेको थियो । 

सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंक लिमिटेड, कमलादीको सहयोगमा सञ्चालन गरिएको सो शिविरको उद्घाटन गर्दै स्टेप नेपालका अध्यक्ष दलबहादुर जिसीले राजधानीको प्रदूषणका कारण आँखाका रोगीको संख्या बढिरहेकाले यसखालका शिविरको आवश्यकता रहेको बताए । 
 





  • प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार १२:४५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया