मिडियासँग दूरी बढाउँदै छन् केपी ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनमा आएपछि मिडियासँग दूरी बढाउन थालेका छन् । एमालेको  दसौं महाधिवेशनका लागि चितवन आएका ओलीले न विमानस्थलमा सन्चारकर्मीलाई कुनै प्रतिक्रिया दिए । न बन्दसत्र स्थल पुग्दा नै कुनै प्रतिक्रिया दिन माने ।

बिहीबार भरतपुर विमानस्थलमा सन्चारकर्मीले राखेको प्रश्नको उत्तरमा ओलीले अहिलेलाई भ्याइँदैन, अहिले समय छैन भनेका थिए । बन्दसत्र स्थलमा पुग्दा पनि उनले मिडियाकर्मीले राखेका प्रश्नहरुको कुनै जवाफ दिएनन् ।

आज विहान ८ बजे सुरु हुने भनिएको एमालेको बन्दसत्र दिउँसो १ बज्दासमेत सुरु हुने छाँटकाँट देखिँदैन । नेताहरुबीच नेतृत्व सर्वसम्मत गर्ने कि चुनावी प्रक्रियामा जाने भन्ने विषयमा कुरा नमिल्दा एमालेको बन्दसत्र सुरु हुन नसकेको हो  ।

आफू बसेको होटलमा एमालेका शीर्ष नेताहरुसँग छलफल गरेर ओली अहिले बन्दसत्र स्थल पुगेका छन् ।






  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १३:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया