यसरी चल्दै छ एमालेको बन्दसत्र [तस्वीरहरू]

चितवनको होटल सेभेन स्टार नेकपा एमालेको १०औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रलाई महासचिव ईश्वर पोखरेलले सञ्चालन गरिरहेका छन् ।

केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्दसत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् । बन्दसत्रलाई विदेशबाट बोलाइएका अथितिहरूले सम्बोधन गर्ने छन भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना सन्देश पढेर सुनाइने कार्यक्रम छ । 

बन्दसत्रमा केन्द्रीय कमिटीको अन्तिम बैठकले शुक्रबार पास गरेको विधान संशोधनको विषयमा पनि छलफल हुने छ । बन्दसत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि बन्दसत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।

 





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १५:३८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया