बन्दसत्र हलमा भीम रावलले भने– लोकतान्त्रिक अभ्यास हुनुपर्छ, म अध्यक्षको उम्मेदवार हुँ, चुनाव हुनैपर्छ

नेकपा एमाले दसौं महाधिवेशनमा अध्यक्षका प्रत्याशी भीम रावलले एमालेले महाधिवेशनमा चुनाव नगर्ने भन्न नमिल्ने बताएका छन् । उनले जबज मान्ने पार्टीले निर्वाचन गर्दिनँ, सर्वसम्मत गर्ने भनेर भन्नुको अर्थ गलत जाने बताएका छन् ।

आज बन्दसत्र हलले अध्यक्ष ओलीलाई उम्मेदवारहरुको नामावली प्रकाशित गर्न अनुमति दिएपछि रावलले त्यसमा असन्तुष्टि जनाएका हुन् ।

‘लोकतान्त्रिक पार्टीको अभ्यासमा यस्तो हुनै सक्दैन, जबज मान्ने पार्टीले चुनाव नगर्ने भन्ने हुँदैन,’ रावलले बन्दसत्रमा भने, ‘यसले संगठानत्मक अराजकता मात्र सिर्जना गर्छ ।’

उनले आफू अध्यक्षको उम्मेदवारीबाट पछाडि नहट्ने पनि बताएका छन् । ‘म अध्यक्षको उम्मेदवार हुँ, म यसबाट पछाडि हट्दिनँ,’ उनले भने, ‘चुनाव हुनैपर्छ ।’





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार २०:२२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया